ललितपुर महानगरमा वडा नं. ६ काे कनिवहाल जागृति महिला समूह सर्वोत्कृष्ट

अन्य १० वटा उत्कृष्टमा छनोट 
शुक्रबार, जेठ २२, २०८३

ललितपुर । ललितपुर महानगरभित्र रहेका महिला समूह मध्ये  वडा नं. ६ मा कनिवहाल जागृति महिला समूह सर्वोत्कृष्ट महिला समूह घाषणा भएको छ ।  कनिख्य मिसा पुचः हरिसिद्धि–२८, नेवा मिसा पुचः देशुखा–२८, दक्षिणकाली महिला समूह–५, कलश माँ पुच–१७, संगम महिला समूह–२३, ज्याठा मिसा पुच–६, थसिखेल महिला समूह ५, सामुदायिक महिला उद्यमी समूह–१४, दथुलँ महिला बचत तथा ऋण समूह–११, साहसी महिला समूह–२ उत्कृष्ट महिला समूह घोषणा भएका छन् । सर्वोत्कृष्ट महिला समूह बन्न यस अघि तीन पटक उत्कृष्ट घोषणा भइसकेको हुनुपर्ने महानगरले जनाएको छ । कनिख्य, नेवा दक्षिणकाली, कलश र संगम महिला समूह पहिलो पटक उत्कृष्ट घोषणा भएका हुन् ।  ज्याठा,थसिखेल र सामुदायिक महिला उद्यमी समूह दोस्रो पटक उत्कृष्ट भएको महानगरले जनाएको छ । दथुलँ र साहसी महिला समूह तेस्रो पटक उत्कृष्ट भएका छन् ।  सर्वोत्कृष्ट र उत्कृष्ट महिला समूहलाई नगर प्रमुख चिरीबाबु महर्जन र र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सम्मान गरेका थिए । उत्कृष्टहरुलाई बधाई दिदैँ नगर प्रमुख चिरीबाबु महर्जनले महिला समूहहरुलाई रोजगारी सिर्जना गर्न र सरसफाईमा केन्द्रित हुन अनुरोध गरे ।  उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला समूहको सक्रियताले नगरलाई समृद्ध, हरियालीयुक्त नगर बनाउन महानगर सफल भएको बताइन् ।  महानगरको शिर उचो बनाउन महिला समूहको योगदान महत्वपूर्ण भएको उनको भनाई थियो ।  सामाजिक विकास समितिका संयोजक एवम् वडा नं. ९ का वडाअध्यक्ष राजु महर्जनले समूहलाई नयाँ अवधारणाले संचालन गर्न अनुरोध गरे । नयाँ योजनाका साथ संचालन गर्दा त्यसको प्रतिफल उत्कृष्ट हुने बताउँदै नयाँ सदस्य ल्याउन अनुरोध गरे । उनले भने, ‘नयाँ समूह बनाउने होइन, नयाँ र सिर्जनशील सदस्य थप्ने हो, त्यसतर्फ ध्यान दिनुस् ।‘ महानगरका अनुसार अहिले महिला समूहसम्बन्धी कार्यविधि निर्माण भइरहेको छ । कार्यविधिले समूहलाई अझै प्रभावकारी काम गर्न मार्गदर्शन प्रदान गर्ने  समितिका संयोजक राजु महर्जनले जानकारी दिए ।  सामुदायिक शाखाकी प्रमुख सरिता महर्जनले महनगरमा महिला समूहको इतिहास र ती समूहले गरेका कामबारे जानकारी दिइन् । महानगरमा भएका समूहले स्वरोजगार बन्न धेरै कार्यक्रमहरु संचालन गरेको बताइन् । महिला हिंसा न्यूनीकरणदेखि महिला अधिकार र कतव्र्यका बारेमा समेत समुदायमा महिला समूहले सचेतना अभिवृद्धि गराएको जनकारी गराइन् ।  चेतनामूलक कार्यक्रम र सरसफाइ केन्द्रित कार्यक्रममा जोड दिन महिला समूहलाई सल्लाह दिइन् । वि.सं. २०५४ सालमा २ वटा समूहबाट महिला समूहको अवधारणा महानगरमा भित्रिएको थियो । अहिले महानगरका २९ वटै वडामा गरी ४ सय ९१ वटा समूह छन् । महानगरले ४ सय ९१ महिला समूह मध्ये उत्कृष्ट छनोट गर्न मूल्यांकन समिति गठन गरेको थियोे । उक्त समितिका सदस्य अनिलवीर बज्राचार्यले रोजगारी सिर्जना,  जनशक्ति परिचालन, उद्योग व्यवसाय संचालन , शिक्षा, स्वास्थ्य, वातावरण लगायत अन्य क्षेत्रमा जनचेतना अभिवृद्धिका लागि गरेका कार्यक्रम, वित्तिय प्रतिवेदनका आधारमा सर्वोत्कृष्ट र उत्कृष्ट महिला समूह छनोट गरेको जानकारी दिए ।  त्यसैगरी कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने महिला समूहहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । महिला सशक्तिकरण नेतृत्व विकास तथा सामाजिक रुपान्तरणमा महिला समूहहरुको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो ।

715464949_122303401028215288_5839354279983271666_n-1780636562.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ११:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार