ललितपुर महानगरपालिका २३ नं. वडाद्धारा महिला समूहलाई सम्मान 

बिहीबार, जेठ २१, २०८३

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालय धापाखेले आज वडा भित्र क्रियाशील महिला समूहलाई सम्मान गरेको छ । विहीबार वडा कार्यालयमा आयोजित एक समारोहकाबीच वडाअध्यक्ष जीवन महर्जनले महिला समूहलाई सम्मान गरेका हुन् । वडा भित्र २० वटा महिला समूहहरू क्रियाशील छन् । वडा कार्यालयको प्राङगणमा आयोजित कार्यक्रममा महिला समूहहरूले उत्पादन गरेका सामानहरूको प्रदर्शनी तथा विक्री कक्षा पनि राखिएको थियो । महिला समूहहरूलाई सम्मान तथा महिला समूहद्धारा उत्पादित सामग्रीहरूको प्रदर्शनीको वडाअध्यक्ष महर्जनले उद्घाटन गरेका हुन् । वडासदस्य मधु श्रेष्ठ सिंह ठकुरीको सभापतित्वमा आयोजित कार्यक्रममा वडासदस्य राजन मल्ल ठकुरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वडासदस्य सानुमाया वि.क. किरण खड्का, वडासचिव हुमनाथ पौडेल, वडाका प्राविधिक सुमित विष्टसहितका वडाका कर्मचारी, महिला समूहका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।    

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  २०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार