दिल्लीमा रवि लामिछानेको राजनीतिक भेटघाट तीव्र

मंगलबार, जेठ १९, २०८३

काठमाडौं । भारत भ्रमणमा रहेके रास्ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल राजनीतिक भेटघाटमा व्यस्त छ । मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, भारतीय विदेशमन्त्री एस जयशङ्करबीचको भेटवार्ता भाजपा कार्यालयमै निर्धारण भएको पनि जनाइएको छ । अनुकुल मिलेको खण्डमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने अपेक्षा गरिएको छ । उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ । मंगलबार नै भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनसँग भेटवार्ता भएको थियो । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेका लामिछानेले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा अध्यक्ष नवीनलाई भेटेका हुन् । भेटमा नेपाल–भारत सम्बन्धलाई अभिवृद्धि गर्ने, दुई छिमेकी देशहरूबीच सहयोगका क्षेत्रहरूको अन्वेषण गर्ने र राजनीतिक संवादलाई सुदृढ पार्ने विषयमा कुराकानी भएको थियो । रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिले नेपालमा चर्को आलोचना खेपिरहेका बेला लामिछानेको भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । भारत भ्रमणमा रहँदा लामिछानेको टोली अयोध्या भ्रमणमा जाने साथै नेपाली समूदायसँग भेटघाट गर्ने पनि तयारी छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार