नवीन्द्रराज जोशी स्मृति र्‍यापिड चेस टुर्नामेन्ट

प्रतियोगिताको ५ चरणमा शर्मा, लामा, महर्जन र राई अग्र स्थानमा

आज ४ चरण खेल हुने
शनिबार, जेठ १६, २०८३

 

काठमाडौं । काठमाडौं महानगरपालिका-२४ ले शुक्रबार सुरु गरेको नवीन्द्रराज जोशी स्मृति तेस्रो फिडे यापिड (१९०० मुनि) चेस टुर्नामेन्ट सुरु गरेको छ । शुक्रबारदेखि धर्मपथमा रहेको सांस्कृतिक द्यः छेँमा खेल सुरु भएको हो ।खेलको शुभारम्भ गर्दै वडा नं.२४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले, महानगरपालिका घोषणा हुँदाका उपप्रमुख स्वर्गीय नवीन्द्रराज जोशीको व्यक्तित्वमाथि चर्चा गर्दै उनको योगदानलाई चीरस्मरणीय बनाइ राख्न जोशीका नामबाट प्रतियोगिता थालिएको बताए । वडाले विश्व बुद्धिचाल महासंघ, एशियन चेस फेडरेसन र नेपाल चेस फेडरेसनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । खेल, स्विस सिस्टममा आधारित अर्थात् एक जना खेलाडीले ९ जना खेलाडीसँग प्रतिस्पर्धा गरेर उच्च अङ्क प्राप्त गर्ने खेलाडी विजेता हुने प्रणालीमा खेलाइँदै छ । यसमध्ये शुक्रबार ५ चरणमा खेल सम्पन्न भएको छ । यी चरणमा काठमाडौँका सीएम भगवती प्रसाद शर्मा र दिपक महर्जन, मोराङ्का उमेश राई र मकवानपुरका फुर्वा लामाले ५ वटै खेल जितेर शीर्ष स्थानमा रहेका प्रमुख निर्णायक (इन्टरनेशनल आर्बिटर) ज्ञानेन्द्र खाइजुले जानकारी दिए । खाइजुका अनुसार स्विस लिग प्रणालीमा हरेक जितका लागि खेलाडीले १ नम्बर प्राप्त गर्नेछन् । बराबर भयो ०.५ अंक प्राप्त हुनेछ । यस प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्स गरी ५ वटा देशका ११ जना गरी २२६ जना खेलाडी सहभागी छन् । नेपालका ४८ जिल्लाबाट खेलाडीहरू सहभागी हुनुभएको छ । उमेरका हिसाबले ९ वर्षका सुवाङ्ग प्रधानदेखि ८० वर्षका भेट्रान खेलाडी सीताराम अग्रवाल प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा १५ जना महिला छन् । काठमाडौं बाहिरबाट प्रतिस्पर्धाका लागि आउनु भएका खेलाडीहरूलाई वडा कार्यालयले २ रातको आवासीय सुविधा उपलब्ध गराएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  ०७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार