सरकारद्वारा आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य निर्धारण

सोमबार, जेठ ११, २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ का लागि बर्खे धान बालीको समर्थन मूल्य तोकेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले धानको वर्गअनुसार मूल्य तय गरेको हो । निर्णयअनुसार मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोकिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार