वडावासीको स्वास्थ्य जाँचका लागि लपुमनपा–२३ धापाखेलमा परामर्श सेवासहितको स्वास्थ्य शिविर सम्पन्न

आइतबार, जेठ १०, २०८३

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालय धापाखेलले वडावासीको स्वास्थ्य जाँचका लागि शनिबार बृहत स्वास्थ्य जाँच तथा शिविर सम्पन्न गरेको छ । ललितपुरको ग्वार्काेस्थित बी.एण्ड. बि.अस्पतालसँगको सहकार्यका वडा कार्यालयले पुरुषहरूको प्रोस्टेट क्यान्सर परीक्षण, महिलाहरूको पाठेघरमा हुने क्यान्सर परीक्षण, नाक/कान/घाँटी, सुगर प्रेसर जाँच, हाडजोर्नी, जनरल फिजिसनसहितको बृहत निःश्ुल्क जाँच तथा परीक्षण शिविर सञ्चालन गरेको हो ।  स्वास्थ्य जाँच तथा शिविरकै सन्दर्भमा वडा कार्यालय प्राङगणमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।  स्वास्थ्य जाँच, परामर्श तथा औषधि वितरणसहितको सेवा दिइएकाले ठूला संख्यामा वडावासीहरूले लाभ लिएको वडाअध्यक्ष जीवन महर्जनले जानकारी दिए । 

WhatsApp-Image-2026-05-24-at-14.05.08-(35)-1779622202.jpeg
WhatsApp-Image-2026-05-24-at-14.05.08-(17)-1779622203.jpeg
 

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  १७:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार