सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालय धापाखेलले महिला समूहका पदाधिकारीहरूको नेतृत्व विकासका लागि उद्घोषण तालिम सञ्चालन गरेको छ । नेपाल भोकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रा.लि. बागबजार काठमाडौंको प्राविधिक सहयोगमा यो तालिम सञ्चालन गरिएको हो । तालिमको एक समारोहकाबीच लपुमनपा २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले उद्घाटन गरे । तालिम उद्घाटन समारोह वडासदस्य मधु श्रेष्ठ सिंह ठकुरीको सभापतित्वमा आयोजना गरिएको हो । उद्घाटन सत्रमा वडासदस्य सानुमाया विक, राजन मल्ल ठकुरी तथा वडासचिव हुमनाथ पौडेलको पनि उपस्थिति रहेको थियो । तालिम जेठ ४ गते सम्म चल्नेछ ।