सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई बिक्री गरेको अभियोगमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार बिहान पक्रेको हो । सो प्रकरणमा यसअघि शुक्रबार पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परेका थिए । उनीहरू पक्राउ परेपछि पाण्डे कार्यालय जान छाडेका थिए ।