प्रधान सेनापतिद्वारा उपरथी दज्र्यानी चिन्ह प्रदान

बुधबार, वैशाख १६, २०८३

काठमाडौं । नेपाली सेनामा पदोन्नति भएका तीन वरिष्ठ अधिकृतलाई आज उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलते प्राविधिक सहायक रथी डा. भरत बहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्ति जंग बस्नेतलाई उपरथी दर्जाको चिन्ह प्रदान गरेका हुन् । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार