सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशी समीर पल कपुर आज बिहान काठमाडौं आइपुगेका छन् । उनी बालेन शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन् । नेपाल भ्रमणकै लागि मात्र भनेर उनी अमेरिका बाहिर निस्केका हुन् । अमेरिकी विदेशमन्त्री तथा उच्च अधिकारीहरु प्रायः भारत, पाकिस्तान, बंगलादेश वा अन्य दक्षिण, दक्षिण पूर्वी एशियाका देशको भ्रमण क्रममा काठमाडौँ आउने गर्थे । स्रोतका अनुसार उनले टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके ७२६ बाट यात्रा गरेका थिए । काठमाडौं रहँदा उनले बालेन सरकारको आर्थिक प्राथमिकता बारे अर्थमन्त्री डा.स्वर्णिम वाग्ले तथा विदेश नीतिबारे परराष्ट्रमन्त्री शिशिर खनालसँग छलफल गर्नेछन् । मिलेनियम च्यालेन्ज करपोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टको छिटो कार्यान्वयनमा अमेरिकी चासो रहँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ अक्टोबरमा दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुकलाई हटाएका थिए । उनको ठाउँमा सुरक्षा मामिला विज्ञ कपुरलाई नियुक्त गरेका थिए । भारतको नयाँ दिल्लीमा जन्मिएका कपुर दक्षिण एशिया मामिलाको धरातलीय यथार्थ राम्रोसँग बुझ्ने, विश्लेषण गर्ने क्षमता राख्छन् ।