सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो । आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार अहिले सिंह दरबार अगाडिको भागमा वेगमवेली जातका फूल रोपिएका हुन् । यो फूल पहेँलो, रातो, गुलावीलगायत रङमा फुल्छ । फूल फुलाउने कार्यलाई नियमित गराउन गमलाहरु सिमेन्टका राखिएका छन् । किनाराका स्थायी ठुला सिमेन्टका गमलामा विरुवा लगाउने, फूल राप्ने, गोडमेल गर्ने तथा पानी हालेर हुर्काउन वातावरण व्यवस्थापन विभागले काम गरिरहेको छ । यसपछि भित्री सहरी क्षेत्रमा गमला राख्दै लगिने योजना रहेको श्रेष्ठको भनाइ छ ।