सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इण्डियन्सले जित हात पारेको छ । मुम्बईको घरेलु मैदानमा भएको खेलमा मुम्बईले कोलकाता नाईट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको २२१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । मुम्बईको जितमा ओपनर रायन रिकल्टनले सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ महत्वपूर्ण रह्यो । उनले ४३ बलमा ४ चौका र ८ छक्का प्रहार गरे । रोहित शर्माले १४८ रनको शतकीय साझेदारी गरे । रोहित ३८ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७८ रन बनाउँदै आउट भएका थिए । तिलक बर्मा २० तथा सूर्यकुमार यादव १६ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्ड्या १८ रनमा अविजित रहे । पहिलो खेलमा जितका साथ मुम्बई २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।