सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ । बुधबार सामाजिक सञ्जामार्फत साम्बाले अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन् । चिकित्सकको निगरानीमा भोलिदेखि रिह्याब सुरु हुने उनले जनाएकी छन्। खाडी क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण उपचारका लागि कतार जान नसकिएको अवस्थामा वैकल्पिक रूपमा न्युजिल्यान्डमै शल्यक्रिया गरिएको हो । यसले खेलाडीको स्वास्थ्य व्यवस्थापनमा लचिलोपन र समयमै निर्णयको महत्व पनि देखाएको छ। कठिन समयमा वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदाय, साथै उनको क्लब क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टिमको सहयोगप्रति साम्बाले कृतज्ञता व्यक्त गरेकी छन्।