एचजेएनबीएल : सोलोविरुद्ध हाउण्ड्समो फराकिलो जित

शनिबार, चैत ७, २०८२

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा के भिसी हाउण्ड्सले तेस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबाबार भएको खेलमा हाउण्ड्सले सोलो बास्केटबल क्लब फाई १०६-७३ को स्कोरमा पराजित गरेको हो । सुरुवाती तीन खेल हारेपछि हाउण्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन खेल जितेको छ । हाउण्ड्सले ६ खेलबाट ९ अङ्क जोडेको छ । हाउण्ड्सले पहिलो क्वाटर २०-१३ र दोस्रो क्वाटर ३७-१६ ले आफ्नो पक्षमा पार्दै हाफ टाइमसम्म ५७-२९ को अग्रता बनाएको थियो । तेस्रो क्वाटरमा ३६-१६ को अग्रता बनाएको हाउण्ड्सले चौथो क्वाटरअघि ९३-४५ को फराकिलो अग्रता बनाएको थियो । अन्तिम क्वाटर सोलोले २७-१३ ले आफ्नो पक्षमा पारे पनि हाउण्ड्सलाई फराकिलो जितबाट रोक्न सकेन । हाउण्ड्सका कप्तान विजय बुर्जाले सर्वाधिक ३५ अङ्क स्कोर गरे । उनी प्लेअर अफ दि म्याच घोषित भए ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार