सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले इद उल फितरको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् । खनालले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल फितरले आपसी मित्रता, भातृत्व र एकता सुदृढ बनाउने विश्वास व्यक्त गर्दै यसले विविधतामा आधारित नेपाली समाजमा राष्ट्रिय एकता, आपसी मैत्री तथा धार्मिक सहिष्णुतालाई प्रवद्र्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन् । शुभकामना सन्देशमा उनले सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै देशलाई राष्ट्रिय एकता, प्रगति, समाजवाद र समृद्धिको मार्गमा अगाडि बढाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।