लगनखेल न्हु पोखरीसँग पार्क बन्ने 

सोमबार, चैत २, २०८२

ललितपुर । ललितपुर महानगर वडा नं. ५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा पार्क निर्माण हुने भएको छ ।  स्वीस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोगमा पोखरीको पूर्वतर्फको खाली स्थानमा पार्क निर्माण गर्न लागिएको हो । 
पार्क निर्माण सम्बन्धी समझदारीपत्रमा आइतबार नगर प्रमुख चिरीबाबु महर्जन र स्वीस सरकार विकास सहयोग एसडिसीको तर्फबाट साकिल मानन्धरले हस्ताक्षर गरे । नगर प्रमुख चिरीबाबु महर्जनले महानगरले हरियाली प्रबद्र्धन र खुल्ला ठाउँ सरक्षणलाई प्राथमिकतामा राखेर काम गरेको बताए । निर्माण हुने यो पार्कले महानगरको खुल्ला ठाउँ संरक्षणको नीतिलाई बल पुर्‍याएको बताए । उनले पार्क निर्माणका लागि प्राविधिक सहयोग गरेकोमा धन्यवाद दिए । वडा नंं. ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले पोखरीसँगै बन्ने पार्कले शहरलाई थप सुन्दर बनाउने दाबी गरे । जलवायु परिवर्तनले विश्वभरको वातावरण बिग्रदै गएको बताउँदै खुल्ला ठाउँ र हरियालीले वातावरण जोगाउन सहयोग गर्ने बताए । 
स्वीस सरकार विकास सहयोग एसडिसी साकिल मानन्धरले महानगरसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । 

647197574_701584686313712_1537818751311123689_n-1773620312.jpg
 

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ०६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार