सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौै । भाषा आयोगका सदस्य एवंं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको पार्थिक शरिरलाई इन्द्रायणी (लुती) घाटमा अन्तेष्टि गरिएको छ । ५९ वर्षीय मानन्धरको हृदयाघातका कारण मृत्यु भएको थियो । नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता सुरु गरेका मानन्धर विश्वभूमि दैनिकको प्रकाशन गरेका थिए । सन्ध्या टाइम्स तथा नेपालभाषा टाइम्समा सम्पादकको जिम्मेवारीमा रहेका मानन्धरले अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर पनि काम गरेका थिए । २०४६ सालको जनआन्दोलनको समयमा वीर अस्पतालमा भर्ना भएका गणेशमान सिंहसँग लिएको अन्तर्वार्ताले चर्चित मानन्धर भएका थिए । नेपाल भाषा आन्दोलन, नेपाल सम्बत् आन्दोलन तथा नेवाः संस्कृतिसँग सम्बन्धित विभिन्न विषयमा मानन्धरका थुप्रै लेख प्रकाशित छन् । २०२३ साल कात्तिकमा जन्मिनुभएका मानन्धरका श्रीमती र दुई सन्तान छन् ।