सोसल मिडिया
Contact Us
युनिकोड
सिरहा । सिरहा क्षेत्र नम्बर २ को ताजा मत परिणाम अनुसार रास्वपाबाट शिव यादव अग्रस्थानमा रहेका छन् । हालसम्म प्राप्त परिणाम अनुसार रास्वपाका शिव यादवले १४४० मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामचन्द्र यादवले २९९ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका नविन यादवले ९३ मत, जसपाका संजीव यादवले ११५ मत, नेकपाका मुक्ति सिंहले ११५ मत तथा जनमतका विनोद यादवले ४० मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा मतगणना जारी रहेको र बाँकी मतहरूको परिणाम आउन अझै केही समय लाग्ने बताइएको छ ।