पूर्व विजेता अस्ट्रेलिया टि ट्वान्टी विश्वकपबाट बाहिरियो

मंगलबार, फागुन ५, २०८२

काठमाडौं । पूर्व विजेता अस्ट्रेलिया भारत र श्रीलंकामा जारी आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आयरल्यान्ड र जिम्बाब्वेबीचको मंगलवार श्रीलंकामा तय खेल वर्षाका कारण रद्द भएसँगै अस्ट्रेलियाको सुपर एट सम्भावना सकिएको हो । अस्ट्रेलियालाई हराएको जिम्बाबे सुपर एट मा पुगेको छ । विश्व क्रिकेटको पावर हाउस अस्ट्रेलियालाई पछि पार्दै जिम्बाबे सुपर ८ मा पुगेको हो। सोमवार श्रीलंकासँग पराजित भएपछि अस्ट्रेलियाको सुपर एट यात्रा संकटमा परेको थियो। श्रीलंका हिजै सुपर एट मा पुगेको थियो । ३ खेलपछि ५ अंकसहित जिम्बाब्वे अन्तिम आठमा पुगेको हो। समूह ‘बी’ आयरल्यान्ड, अस्ट्रेलिया ,ओमान समूह चरणबाटै बाहिरिए ।
टि ट्वान्टी विश्वकपका पछिल्ला ६ मध्ये ५ पटक नकआउट चरणअघि नै बाहिरिएको छ । त्यसमध्य सन् २०२१ मा नकआउट चरण पुगेको अस्ट्रेलिया त्यही संस्करण च्याम्पियन बनेको थियो। आजै पहिलो खेलमा क्यानडालाई ८ विकेटले हराएसँगै न्युजिल्यान्ड सुपर एटमा पुगेको छ । जारी विश्वकपमा समूह ए बाट भारत, समूह बी बाट श्रीलंका र जिम्बाबे ,समूह सी बाट वेष्ट इण्डिज र इंग्ल्यान्ड, तथा समूह डी बाट दक्षिण अफ्रिका र न्युजिल्यान्डले सुपर आठमा पुगेका छन् । समूह ए बाट सुपर एटमा पुग्ने एउटा टोलीको‌ तय हुन बाँकी छ।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार