टि ट्वान्टी विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली बने दीपेन्द्र 

आइतबार, फागुन ३, २०८२


काठमाडौं । दीपेन्द्र सिंह ऐरी आइसिसी टि ट्वान्टी विश्वकपमा अर्धशतक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । मुम्बईको वाङखडे स्टेडियममा जारी वेस्ट इन्डिज विरुद्धको खेलमा दीपेन्द्रले अर्धशतक बनाएका हुन् । उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक (५० रन) पूरा गरेका हुन् । ४४ बलमा उनले ३ चौका र २ छक्कासहित दीपेन्द्रले अर्धशतक पूरा गरेका हुन् । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा तत्कालिन ओपनर सुवास खकुरेलले अर्धशतक बनाएका थिए । त्यसयता कुनै पनि ब्याटरले बनाएको यो पहिलो अर्धशतक हो । विश्व कपमा नेपालले खेलेको ९ खेल मध्ये दोस्रो र नवौं खेलमा अर्धशतक बनेको हो । जारी विश्वकपको इङ्ल्यान्डविरुद्धको पहिलो खेलमा दीपेन्द्रले टोलीका लागि सर्वाधिक ४४ रन बनाएका थिए । त्यससँगै दीपेन्द्रले टि ट्वान्टीमा २ हजार रन पूरा गरेका थिए। इटाली विरुद्धको खेलमा उनले १७ रन बनाएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार