सोमपाल ३ वटा विश्वकप खेल्ने एक्लो नेपाली

आइतबार, फागुन ३, २०८२

काठमाडौं । सोमपाल कामी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीबाट ३ वटा आइसिसी टि ट्वान्टी विश्वकप खेल्ने पहिलो खेलाडी बनेका छन् । नेपालले पहिलो पटक सन् २०१४ बंगलादेश विश्व कप खेल्दा र पछिल्लो पटक अमेरिका र वेस्ट इण्डिजमा २०२४ खेल्दा सोमपाल टोलीका सदस्य थिए । जारी विश्वकपमा भने सोमपालले पहिलो पटक आज वेस्ट इन्डिज विरुद्धको खेलमा मौका पाएका हुन् । सोमपालले यसअघिका २ विश्वकपमा खेलेका २ विश्वकपका ६ खेलमा ७ विकेट लिएका छन् । टि ट्वान्टीमा ८६ खेलमा सोमपालले ८१ विकेट लिएका छन् । टोलीमा रहेका सोमपाल बाहेक ९ खेलाडी‌ लगातार दोस्रो पटक तथा ५ खेलाडी पहिलो पटक विश्वकप कप टोलीमा छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार