कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

शुक्रबार, फागुन १, २०८२

रौतहट । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै उत्कृष्ट घोषित भएको छ । १७ वटा विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा गौरले ६६.१७ अङ्क प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो । आयोगको प्रतिवेदन अनुसार राजपुर नगरपालिका ५९.९६ अङ्कसहित दोस्रो र बौधीमाई नगरपालिका ५९.७४ अङ्कसहित तेस्रो स्थानमा रहेका छन् । इशनाथ (५९.५९), मौलापुर (५८.९७), परोहा (५७.१४), राजदेवी (५२.५१), माधवनारायण (५२.४०) र चन्द्रपुर नगरपालिका (५०.९०) अङ्कसहित मध्यम स्थानमा छन् । गुजरा (४८.७३), गढीमाई (४६.२०), यमुनामाई (४६.०६), गरुडा (४३.८४), कटहरिया (४३.७५), दुर्गा भगवती (४२.६०), फतुवा विजयपुर (३५.४१) र वृन्दावन (३१.६९) अङ्क कार्यसम्पादन मूल्याङ्कनमा ल्याएका हुन् । गुजरा (४८.७३), गढीमाई (४६.२०), यमुनामाई (४६.०६), गरुडा (४३.८४), कटहरिया (४३.७५), दुर्गा भगवती (४२.६०), फतुवा विजयपुर (३५.४१) र वृन्दावन (३१.६९) कार्य सम्पादन मूल्याङ्कनमा कमजोर देखिएका छन् । देवाही गोनाही नगरपालिका ३०.९१ अङ्कका साथ जिल्लाकै अन्तिम स्थानमा पुगेको छ । गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले यो सफलतालाई नगरवासीको साझा उपलब्धि भन्दै यसले सुशासन र सेवा प्रवाहमा थप ऊर्जा प्रदान गरेको बताए । उनले आगामी दिनमा पारदर्शिता र जवाफदेहितालाई थप प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरे । आयोगले स्थानीय तहको बजेट तथा राजस्व व्यवस्थापन, लेखापरीक्षण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य (खोप र मातृस्वास्थ्य), राजस्व परिचालन, योजना तर्जुमा र बेरुजु व्यवस्थापन जस्ता महत्वपूर्ण १७ सूचकहरूलाई आधार मानेर यो अङ्क प्रदान गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार