कार्यसम्पादन मूल्यांकनमा हिमाली शीर्ष स्थानमा : बडीमालिका कमजोर

शुक्रबार, फागुन १, २०८२

बाजुरा । बाजुराका नौं वटा स्थानीय तहमध्ये दुर्गम हिमाली गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार अन्य ८ स्थानीय तहमध्ये हिमाली गाउँपालिका शीर्ष स्थानमा देखिएको हो । हिमाली सबैभन्दा बढी ६५.६९ अंकसहित शिर्ष स्थानमा छ । त्यस्तै सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका कमजोर अंककाका साथ अन्य स्थानीय तहमध्ये पुछारमा छ ।बडीमालिकाको ४८.०९ अंक छ । साथै गौमुल गाउँपालिकाले ६४.३३,अंक सहित दोस्रो स्थानमा छ । क्रमशः बुढीगंगा नगरपालिकाले ५९.५१, त्रिवेणी नगरपालिकाले ५६.८६ अंक प्राप्त गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले ५५.८१, खप्तड छेडेदह गाउँपालिकाले ५५.५२, जगन्नाथ गाउँपालिकाले ५३.४३ र बुढीनन्दा नगरपालिकाले ४८.८४ अंक प्राप्त गरेको छ । १० असारभित्र बजेट सार्वजनिक गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको उल्लेख सहित आयोगले स्थानीय तहका हकमा कुल १७ सूचाकमा मूल्यांकन गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार