ब्याटिङ नचल्दा इटालीलाई नेपालको सामान्य लक्ष्य 

बिहीबार, माघ २९, २०८२

काठमाडौं । नेपाली नेपाली राष्ट्रिय क्रिकेट टोली समर्थकलाई फेरि एकपटक निराश बनाएको छ । टोलीको ब्याटिङले फेरि एकपटक निराश बनाएको छ । आइसिसी टि ट्वान्टी विश्वकपको मुम्बईमा जारी खेलमा नेपाली टोली पहिलो पटक विश्वकप खेलेको इटालीसँग पूरा २० ओभर ब्याटिङ गर्न सकेन । नेपाल १९.३ ओभरमा १ सय २३ रन‌ बनाउँदै अलआउट भएको छ। वानखेडे स्टेडियममा इटालीले टस जितेर फिल्डिङ रोजपछि ब्याटिङ गरेको नेपाली टोली सुरुबाट नै धर्मरायो । ४० रन‌माथिको मात्र दुई वटा साझेदारी बन्न सक्यो । आरिफ शेखको २७ रन नै नेपाली खेलाडीको सर्वाधिक रन रह्यो । उनले २४ बलमा ३ चौका सहयोगमा २७ रन बनाउँदा जेजे स्मुथको बलमा क्याच आउट भए । करण केसी १८ रनमा अविजित रहे । १८ बलमा १७ रन बनाएका दिपेन्द्र सिंह ऐरी क्रिसन कालुगामागेको बलमा बोल्ड आउट भए । २० बलमा २ चौका सहयोगमा २० रन बनाएका ओपनर आशिफ शेख ७.२ ओभरमा वाट मानेन्तीको बलमा विकेटकिपरबाट आउट भए । सातौँ ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल २३ रनमा क्याच आउट भए । १४ बलमा २ छक्का प्रहार गरेका कप्तान रोहित क्रिसन कालुगामागेको बलमा ग्रान्ट स्टेवार्टको हातबाट क्याच आउट नै भए । दोस्रो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल ५ रन बनाउँदै आउट भए । १० बलमा एक चौका हानेका कुशल अली हसनको बलमा जस्टीन मोस्काको हातबाट क्याच आउट हुन पुगे ।
सन्दीप लामिछाने ५, लोकेश बम र गुलशन झा समान ३ रन बनाए । नन्दन यादव र ललित राजवंशी शुन्य रनमा रनआउट भए ।

 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार