धापाखेल स्वास्थ्य चौकीको सामाजिक परीक्षण नतिजा सार्वजनिक 

बिहीबार, माघ २९, २०८२

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय धापाखेल अन्तर्गत रहेको धापाखेल स्वास्थ्य चौकीको सामाजिक परिक्षण नतिजा सार्वजनिक गरिएको छ ।  स्वास्थ्य चौकीले हिजो बुधबार वडा कार्यालयमा वडाअध्यसहितका जनप्रतिनिधि, वडासचिव, वडा सल्लाहकार, महानगरको जनस्वास्थ्य महाशाखका प्रतिनिधि, छिमेकी वडाका स्वास्थ्य चौकी इन्चार्ज, समाजसेवी, स्वास्थ्य स्वमम् सेविका, गर्भवती महिला, स्वास्थ्चौकीका सेवाग्राहीसहितको वृहत उपस्थितिमा सामाजिक परिक्षण नतिजा सार्वजनिक गरेको हो ।  स्वास्थ्य चौकीको सामाजिक परिक्षण नतिजा सार्वजनिकीकरण कार्यक्रम धापाखेल स्वास्थ्य चौकी व्यवस्थान समितिका अध्यक्ष एवम् वडाअध्यक्ष दिनेश जंग पाण्डेको प्रमुख आतिथ्यमा सम्मन्न भएको हो । वडासदस्य निशा मालबुलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वडासदस्य हरिकृष्ण महर्जन, वडासचिव उदय सन नापित, वडा सल्लाहकार पुरुषोत्तम पौडेल, स्वास्थ्य चौकीका इन्चार्ज लोचना घिमिरेसहित स्वास्थ्य चौकीका कर्मचारीसहितको उपस्थिति रहेको थियो ।  कार्यक्रममा वडाअध्यक्ष पाण्डेले आ.व. २०८२–२०८३ मा उत्कृष्ण कार्य गरेवापत कार्यालय सहयोगी सुमित्रा बोहरालाई नगद रु ५ हजारसहित प्रमाणपत्रसहित उत्कृष्ठ कर्मचारी पुरस्कार प्रदान गरे । यस्तै वडाअध्यक्ष पाण्डेले वडाका स्वास्थ्य स्वयम् सेविकाहरूलाई राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेविकाको बोर्डसहित प्राथमिक उपचार किट हस्तान्तरण गरे । नेपाल सरकार तथा ललितपुर महानगरको लोगो अंकित उक्त बोर्डमा स्वास्थ्य स्वयम सेविकाको नाम र फोन नम्बर उल्लेख छ । कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष पाण्डेले सार्वजनिक संस्थानहरूले सम्पादन गरेका कार्यहरूको प्रभावकारिता मापनका लागि सामाजिक अडिट गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्य चौकीले पनि यस वर्षदेखि यो कार्य सुरुवात गरेको जानकारी दिए ।  वडाकार्यालयले स्वास्थ्य तथा शिक्षालाई उच्च प्राथमिकता दिएको चर्चा गर्दैै उनले चालु आर्थिक वर्ष भित्रै स्वास्थ्य चौकीमा ल्याब सेवा सुरुवात गर्न आवश्यक सामग्रीका लागि खरिद प्रक्रिया अघि बढाइएको पनि बताए । स्वास्थ्य चौकीको पुरानो भवन भत्काएर व्यवस्थित तथा सुविधा सम्पन्न भवन बनाउने योजनासहित वडा कार्यालयले काम गरिरहेको पनि त्यस अवसरमा उनले जानकारी दिए ।  स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक लोचना घिमिरले स्वास्थ्य चौकीले गरेका कार्यहरूको जानकारी दिँदै सामाजिक परिक्षणको सुरुवात गरिएको बताइन् । कार्यक्रमका सभापति वडासदस्य निशा मालबुलले वडा कार्यालयले स्वास्थ्यलाई महत्व दिएको जनाउँदै स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न गराउन आफूहरू लागिरहेको जनाइन् ।  सामाजिक परिक्षण कार्यक्रममा प्राविधिक सहयोग गरेको संस्था सुभरोथ नेपाल प्रा.लि. का प्रतिनिधिले आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्याङमा आधारित रहेत सामाजिक परिक्षण गरेको जानकारी गराउँदै उक्त परिक्षणका लागि स्वास्थ्य चौकीको भौतिक पूर्वाधार, जनप्रतिनिधि, स्वास्थ्य चौकीका कर्मचारी, स्वास्थ्य चौकीमा सेवा लिन आएका सेवाग्राहीसँग अलत अलग सम्पर्क गरी जानकारी लिएको बताएका थिए ।  सामाजिक परीक्षण नतिजाले स्वास्थ्य चौकीका सवल पक्ष, कमजोरी तथा भविष्यमा गर्नुपर्ने कार्य विवरण समेटेर सुझाव दिएको छ ।    

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार