टी–२० विश्वकप : दक्षिण अफ्रिकाको अफगानिस्तानमाथि रोमाञ्चक जित

बुधबार, माघ २८, २०८२

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आज भएको समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ । बुधबार भारतको नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले दुई सुपर ओभरमा अफगानिस्तानलाई पराजित गराउँदै रोमाञ्चक जित निकालेको हो । पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ रन बनाउँदै खेल दोस्रो सुपर ओभरमा लगेको थियो । दोस्रो सुपर ओभरमा पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले २४ रनको लक्ष्य दिएको थियो । २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले दोस्रो सुपर ओभरमा १९ रन मात्र जोड्न सफल भयो । समूहमा ’डी’मा रहेको दक्षिण अफ्रिकाको यो दोस्रो जित हुँदा अफगानिस्ताले भने लगातार दुई म्याच हारेको छ । यसअघि अफगानिस्तान न्युजिल्याण्डसँग १० विकेटले नै पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार