सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्डले नेपाललाई १८५ रनको विजयी लक्ष्य दिएको छ । भारतको मुम्बइस्थित वाङ्खडे स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन बनाएको हो । इंग्ल्यान्डका लागि ज्याकब बेथेलले चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । यस्तै कप्तान ह्यारी ब्रूकले चार चौका र तीन छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले अविजित ३९ रन बनाए । त्यसक्रममा उनले एक चौका र चार छक्का प्रहार गरे । बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए । यस्तै शेर मल्ल, सन्दीप लामिछानेले एक–एक विकेट लिए भने करन केसी र कुशल भुर्तेल विकेट विहीन रहे ।