सोसल मिडिया
Contact Us
युनिकोड
सर्लाही । सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ । शनिबार दिउँसो करिब १२ः०० बजेदेखि सुरु भएको गस्ती इलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक सुशिल रावलको कमाण्डमा ४ जना, बिओपि संग्रामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रदीप पनेरुको कमाण्डमा ७ जना तथा भारतीय सशस्त्र सीमा बल (एसएसबि) ५१ बटालियनका इन्सपेक्टर राहुल सिंह ढाकाको कमाण्डमा ५ जना गरी संयुक्त टोलीको सहभागितामा सञ्चालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार संयुक्त टोलीले नेपाल–भारत सीमामा पर्ने पिलर नं. ३१७÷३ देखि पिलर नं. ३१८÷२३ सम्मको क्षेत्रमा सीमा गस्ती गर्दै सीमा सुरक्षा, आवत जावतको अवस्था तथा सम्भावित अवैध गतिविधिहरूको अनुगमन गरेको थियो । सीमा क्षेत्रमा शान्ति, सुरक्षा र आपसी समन्वय अभिवृद्धि गर्ने उद्देश्यले यस्ता संयुक्त गस्तीहरू नियमित रूपमा सञ्चालन गरिँदै आएको छ ।