हरिसिद्धि–धापाखेल जोड्ने पुल निर्माणबारे दुई वडाका जनप्रतिनिधिसहितको टोलीद्धारा छलफल 

शनिबार, माघ २४, २०८२

हरिसिद्धि (ललितपुर) । ललितपुर महानगरपालिका २८ नं. वडा हरिसिद्धि र महानगरकै २३ नं. वडा केइसी कलेज धापाखेल जोड्न कर्मनाशा खोलामा निर्माण गर्न लागिएको पुल निर्माणस्थलको दुईवटा वडाका जनप्रतिनिधिसहितको टोलीले अवलोकन गर्नुका साथै आवश्यक छलफल गरेका छन् । स्थलगत अवलोकन तथा पुल निर्माण छलफलमा महानगर २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जन तथा २८ नं. वडाका वडाअध्यक्ष बीरेन्द्र महर्जनसहितको टोली उपस्थिति रहेको थियो । दुर्व वडाको सीमामा पर्ने कर्मनाशा खोलमा बक्स कल्भर्ट प्रकृतिको उक्त पुल निर्माणका लागि महानगरपालिकाले टेण्डर आह्वान गरिसकेको छ । पुल निर्माणपछि वडा नं. २८ लाई महानगरकै २३ र २४ नं वडा कार्यालयसँगको आवतजावतमा सहज हुनेछ ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार