सोसल मिडिया
Contact Us
युनिकोड
हरिसिद्धि (ललितपुर) । ललितपुर महानगरपालिका २८ नं. वडाले वडावासीलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालसँग छुट सम्बन्धी सम्झौता गरेको छ । वडा कार्यालयले हिजो आइतबार (माघ १८ गते) नेपाल मेडिसिटी अस्पतालसँग छुट सम्झौता गरी वडावासीलाई छुट सुविधा लिन आह्वान गरेको छ । ‘हरिसिध्दिबासीहरूलाई सुलभ तथा छुटसहितको स्वास्थ्य सेवा ब्यवस्थाका लागि लागि ललितपुर महानगरपालिका २८ न वडाले नेपाल मेडिसिटी अस्पतालसँग हिजो सम्झौता गरेको हो’, वडाअध्यक्ष बीरेन्द्र महर्जनले शब्दपाटीलाई जानकारी दिए । यो छुट सुविधा वडाका जनप्रतिनिधि, वडाका कर्मचारी तथा सम्पूर्ण वडाका बासिन्दाहरूले प्राप्त गर्नेछन् । नेपाल मेडिसिटी समुदाय समन्वय अभियान नाम दिएर अस्पतालले छुट सम्बन्धी योजना ल्याएको हो । सम्झौता पत्रमा अस्पतालका तर्फबाट सिईओ डा. अमित तोमरसहित असिस्टेन्ट भाईस प्रेसिडेन्ट तेन्जिङग कुन्सेल बज्राचार्य, अफिसर संजय त्रिपाठी, सिनियर पी.आर येक्ज्युकेटिभ पुस्कर केसी तथा वडा कार्यालयका तर्फबाट वडाअध्यक्ष बीरेन्द्र महर्जन, वडासचिव सनतकुमार थापा तथा स्वास्थ्य चौकी प्रमुख विमला केसीले हस्ताक्षर गरेका छन् । दुई पक्षबीच भएको सम्झौताअनुसार अब देखि वडाबासीले अस्पतालमा उपचार गराउँदा ओपिडी सेवा, औषधि, बिरामी भर्नामा छुटसहित आपत्कालीन सेवमा उपचारमा आउनु पर्दा एम्बुलेन्स सेवा निःशुल्क उपभोग गर्न पाउने छन् । सम्झौतापछि वडावासीले ओपिडी सेवाअन्र्गत डाक्टरको परामर्शसहित ओपिडी, ल्याब तथा इन्भेस्टिगेशन तथा सेवा शुल्कमा १० प्रतिशत छुट सुविधा, फार्मेसी औषधिहरूमा ७ प्रतिशत छुट, आपत्कालीन सेवा एम्बुलेन्स सेवामा छुट सुविधा पाउने छन् । अस्पताल भर्ना भएका बिरामीको बिलको हकमा १० प्रतिशत छुट सुविधा, इमरजेन्सी उपचार पश्चात डिस्चार्ज हुने बिरामीहरूको बिलको हकमा १५ प्रतिशत छुट सुविधासहित इमरेजेन्सी केस परी उपचारका लागि आउनु परेमा अस्पतालसँग एम्बुलेन्स उपलब्ध भएको अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा पाइने पनि सम्झौता पत्रमा उल्लेख छ । अस्पतालले तेस्रो पक्षबाट खरिद गरी ल्याउनु पर्ने बस्तु तथा सेवाहरूको (औषधि, ईम्ल्पान्ट तथा कन्जुमेवल तथा (वेलनेश प्याकेज उपचार डर्मा तथा डेन्टल) सेवाहरूको हकमा उक्त छुट लागू हुने छैन । वडावासीलाई वडा कार्यालयले उपलब्ध गराउन छुट कार्डका आधारमा अधिकतम १५ प्रशितशतसम्म छुट उपलव्ध हुने वडाअध्यक्ष महर्जनले जानकारी दिए । वडाबासी तथा बिरामीहरुलाई छुट कार्डको आवश्यकता परेमा वडा कार्यालयमा सम्पर्क गर्नका लागि वडाअध्यक्ष महर्जनले आह्वान गरेका छन् । वडा कार्यालयले यसअघि जाउलाखेलस्थित अल्का अस्पतालसँग पनि छुट सम्बन्धी सम्झौता गरेको छ । बिरामीले यहाँ अधिकतम २० प्रतिशतसम्म छुट पाउने छन् । यस्तै ललितपुरकै बीएण्डबी अस्पतालसँग पनि यस्तै छुट सम्बन्धी सम्झौता भइसकेको छ । बीएण्डबी अस्पतालमा उपचार गराउने वडावासीले २५ प्रतिशतसम्म छुट पाउने छन् । छुट सुविधा लिन वडाको स्थायी बासिन्दा भने हुनेपर्नेछ । ‘वडा कार्यालयले हरिसिद्धिमै रहेको नेपाल क्यान्सर अस्पतालसँग पनि विशेष छुट सम्झौता गरेको छ ।