हरिसिद्धि मा.वि.का विद्यार्थीलाई न्यानो लुगा 

आइतबार, माघ १८, २०८२

हरिसिद्धि (ललितपुर) । ललितपुर महानगरपालिका २८ नं वडा कार्यालयले हरिसिद्धि मा.वि.मा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको छ । चालु आर्थिक वर्षका लागि विनियोजित वडा स्तरीय बजेटबाट न्यानो लुगा अत्यवश्यक भएका २ सयजना विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी न्यानो लुगा वितरण गरिएको हो ।  लपुमनपा २८ नं. वडाका वडाअध्यक्ष वीरेन्द्र महर्जनले विद्यार्थीलाई न्यानो लुगा वितरण कार्यको शुभारम्भ गरे । उनले विद्यालय शिक्षाका लागि वडाले विविध कार्यक्रम गर्दै आएको जनाउँदै यो पनि विद्यार्थीलाई जाडोयममा विद्यालय आउन सहज होस् भन्ने उद्देश्यका साथ वितरण गरिएको जनाए ।  विद्यार्थीलाई न्यानो लुगा वितरण कार्यक्रममा वडा नं. २८ की वडा सदस्य शरणलक्ष्मी महर्जन, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले सहजिकरण गरेका थिए । कार्यक्रमका कक्षा नर्सरी देखि कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको थियो ।  

WhatsApp-Image-2026-01-26-at-06.34.05-1769922550.jpeg
 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार