सोसल मिडिया
Contact Us
युनिकोड
बज्रबाराही (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिले आफ्नो स्थापना दिवसका सन्दर्भमा विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरेको छ । खेलकुद प्रतियोगिताहरू अन्तर्गत अन्तर–वडास्तरीय गोदावरी मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको आज शनिबार फाइनल खेल भएको छ । प्रतियोगिताको फाइनल खेलमा वडा नं. ५ र वडा नं. ३ बीत शनिबार भएको हो । नगरपालिकाले वडा नं. १० स्थित गोदावरी बहुउद्देश्यीय रंगशाला, वडा नं. १०, टाहाखेल (झ्यालुङ्टार) फुटबल ग्राउण्डमा ‘अन्तर–वडास्तरीय गोदावरी मेयर कप फुटबल प्रतियोगिता २०८२” सञ्चालन गरेको हो । दोस्रो गोदावरी नगरपालिका वडाब्यापी मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रमुख अतिथि बागमती प्रदेशका पूर्व खेलकुदमन्त्री मीनकृष्ण महर्जनले रेफ्रीलाई बल हस्तान्तरण गरी फुटबल प्रतियोगिता सुरुवात गरेका छन् । उनलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसहितका वडाअध्यक्षहरूले सहयोग गरेका थिए । प्रतियोगिता अन्तर्गत गत बिहीबार सेमिफाइनल खेलहरू सम्पन्न भएका छन् । गोदावरी मेयर कप–खेल, एकता र उत्साहको संगम नारा दिएर प्रतियोगिता सुरुवात गरिएको हो । सेमिफाइनलको पहिलो खेल वडा नं. १२ विरुद्ध वडा नं. ५ बीच भएको थियो । उक्त प्रतियोगितामा वडा नं. ५ ले १–० गोलको शानदार जित हासिल गर्न सफल भएको छ । उक्त खेलमा म्यान अफ द म्याच प्रज्वल श्रेष्ठ भएका थिए । यस्तै प्रतियोगिता अन्तर्गत नै सोही दिन भएको दोस्रो खेल वडा नं. ३ विरुद्ध वडा नं. ११ बीच भएको थियो । निर्धारित समयमा खेल ०–० गोलको बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा वडा नं. ३ ले ११ वडालाई ४–२ गोल अन्तरले जित हासिल गरेको छ । उक्त प्रतियोगिताका म्यान अफ द म्याच सागर तामाङ भएका थिए । गत संस्करणमा गोदावरीले फाइनलमा टिकाभैरवलाई नै २–० ले हराएर उपाधी जितेको थियो । गत शनिबार प्रतियोगिताको उद्घाटन नगर प्रमुख गजेन्द्र मर्हजनले गरेका थिए । सहभागी १४ वटा वडालाई दुई पोलमा विभाजन गरिएको थियो । पहिलो पोलमा वडा नम्बर ९ छम्पी , वडा नम्बर २ विशंखुनारायण, वडा नम्बर ५ लेले , वडा नम्बर १० टाहाखेल , वडा नम्बर ४ बडिखेल , वडा नम्बर १२ ठेचो र वडा नम्बर ८ डुकुछाप रहेका थिए । यसैगरी अर्को पोलमा वडा नम्बर ७ देवीचौर , वडा नम्बर ११ चापागाउँ, वडा नम्बर १३ झरुवाराशी , वडा नम्बर १ गोदामचौर , वडा नम्बर ६ टीकाभैरब , वडा नम्बर १४ ठैव, बाँडेगाउँ र वडा नम्बर ३ गोदावरी रहेका थिए । नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा कूल १३ खेल भएका छन् । उपाधि विजेताले एक लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी पाउने नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडाअध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए । प्रतियोगिताबाट १४ वटै वडाका खेलाडीहरुको प्रर्दशनका आधारमा गोदावरी नगरको सिंगो टिम तयार पारिने नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । करिब ८ महिनाअघि पनि यही रंगशालाको मैदानमा दोस्रो उपत्यकाब्यापी अन्तरपालिका मेयरकप फुटबल प्रतियोगिता सञ्चालन भएको थियो । सो प्रतियोगितामा गोदावरी नगरपालिकालाई हराउँदै काठमाडौं महानगरपालिकाले लगातार दोस्रोपल्ट मेयर कप फुटबलको उपाधि जितेको थियो ।