ललितपुर महानगरको आठौं नगरसभा सम्पन्न

'जेनजी प्रदर्शन, र प्रतिनिधिसभा निर्वाचनका कारण पूँजीगत खच अपेक्षा अनुसार हुन सकेन’

आइतबार, माघ ४, २०८२

ललितपुर । ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा) सम्पन्न भएको छ । महानगरको हिउँदे नगरसभा आइतबार सम्पन्न भएको हो । स्थानीय तहले आर्थिक वर्षमा दुई पटक नगरसभा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । नगरसभाको उद्घाटन सत्रमा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहिता लागू हुने भएकाले आचारसंहिता लागू हुनु अघि नै जनतासँग जोडिएका सम्पूर्ण काम पुरा गर्न अनुरोध गरे । जेनजी प्रदर्शन, र प्रतिनिधिसभाको निर्वाचनका कारण महानगरको पूँजीगत खच अपेक्षा अनुसार हुन नसकेको उनले बताए । उनले भने, अघिल्ला वर्षहरुको अनुभवलाई हेर्ने हो भने पनि पछिल्लो छ महिनामा पूँजीगत खर्च बढी भएको देखिन्छ । पूँजी खर्च प्रगति मापनको मुख्य आधार भएको बताउँदै बाँकी छ महिनामा यो खर्च बढ्ने गरि काम गर्न अनुरोध गरे । आर्थिक वर्ष २०८२ /२०८३ को हालसम्मको पूँजीगत खर्च २४ प्रतिशत रहेको छ । ललितपुर महानगरको छवि अन्य स्थानीय तहको भन्दा राम्रो रहेको बताउँदै जनप्रतिनिधि र कर्मचारीबीचकौ टिम वर्कको कारण उपलब्धि हासिल गरेको बताए ।  उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नागरिको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउँदै आचारसंहिता लागू हुनु् अघि नै जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई अघि बढाउन अनुरोध गरिन्  । उनले प्रतिनिधिसभाको निर्वाचनको आचारसंहिता लागू हुनु पूर्व नै नागरिकको मौलिक हकसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन् ।  प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले धेरैवटा योजना सुरु भइसकेको बताउँदै भुक्तानी नभएकाले पूँजीगत खर्च कम देखिएको बताइन् । बाँकी छ महिनामा पूँजीगत खर्च वृद्धि हुने बताउँदै नागरिको दिनचर्यासँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम गरेको बताइन् ।

614663900_1544131816695068_4375805942695822104_n-1768737955.jpg
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार