काठमाडौं महानगरका प्रमुख बालेन शाहले राजीनामा दिए

आइतबार, माघ ४, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले नेपाल न्यूज बैंकलाई जानकारी दिएका छन् । उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा–५ मा निर्वाचन लड्दै छन् । उनले महानगरमा साढे तीन बर्ष नेतृत्व गरेर संसदीय राजनीतिको यात्रा सुरु गर्न लागेका हुन् ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार