सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन् । पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्रेटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन् । तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन् । बाइडेनले महत्वपूर्ण राज्यमा जित हासिल गरेपछि उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो । प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन् । ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ । को हुन् जो बाइडन ? विजयी हुने प्रक्षेपणपछि बाइडनले एक विज्ञप्तिमा भने, ‘मलाई र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिले देखाएको विश्वासले मैले सम्मानित र धन्य महसुस गरेको छु ।’‘अब निर्वाचन अभियान सकिएपछि आक्रोश र एकअर्काप्रतिको आरोपप्रत्यारोपलाई पाखा लगाएर एक राष्ट्रको रूपमा अगाडि आउनुछ । अमेरिका एक हुने समय हो ।’बाइडेनले भने । हार स्वीकार नगर्ने सङकेत यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ । आफ्नो भर्जिनिया रिसोर्टमा गल्फ खेल्दै गरेका ट्रम्पले वक्तव्यमा निर्वाचन नसकिएको प्रतिक्रिया दिएका छन् । ‘किन जो बाइडन विजेताको रूपमा गलत घोषणा गर्न र किन सञ्चारमाध्यम उनलाई सहयोग गर्न प्रयास गरिरहेका छन्, भन्ने सबैलाई थाहा छ । उनीहरू सत्य बाहिर ल्याउन चाहँदैनन्’ लिखित विज्ञप्तिमा भनिएको छ । ‘सामान्य तथ्य के हो भने यो निर्वाचन अन्त्य भएको छैन’, उनको वक्तव्यमा उल्लेख छ । निर्वाचनको नतिजा सञ्चारमाध्यमको प्रक्षेपण हो र यसलाई निर्वाचन अधिकारीहरूले प्रमाणीकरण गरेका छैनन् । सोमबारदेखि आफ्नो टोलीले अदालतमा निर्वाचन कानुन पालना गरेको र सहि विजेतालाई पदमा पु¥याउन कानुनी प्रक्रिया थाल्ने विज्ञप्तिमा उल्लेख छ । इतिहासकै सर्वाधिक मत सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् । जुन कुनै पनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो । ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मतसङख्या हो । मतगणना जारी रहँदा ट्रम्पले आफूले जितेको गलत दाबी गरेका थिए । त्यसपछि उनले दैनिक धाँधली भएको दाबी गरिरहेका छन् । तर उनले कुनै प्रमाण दिएका छैनन् । उनको पक्षबाट केही राज्यहरूमा मुद्दा दायर गरिएको छ र शुक्रवार बाइडनले जित्ने सम्भावना देखिएपछि ‘यो निर्वाचन अन्त्य नभएको’ विज्ञप्ति निकालिएको छ । कोरोनाभाइरसको जोखिमबीच निर्वाचन अमेरिकाभरि कोरोनाभाइरसको सङ्क्रमण र मृत्यु बढिरहेको बेला लडिएको यो निर्वाचनमा ट्रम्पले बाइडनले जिते लकडाउन हुने र आर्थिक मन्दी हुने बताउँदै आएका छन् । बाइडनले भने राष्ट्रपति ट्रम्पलाई कोरोनाभाइरस नियन्त्रण गर्न यथेष्ट कार्य गर्न असफल रहेको आरोप लगाउने गरेका छन् । बाराक ओबामाको आठ बर्षे कार्यकालमा उपराष्ट्रपति रहेका ७८ वर्षीय बाइडन अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन् । देशलाई एकताबद्ध पार्नेु जो बाइडनको प्रतिबद्धता राष्ट्रपति पदमा निर्वाचित भएपछि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले देशलाई विभाजित हैन एकताबद्ध पार्नेू प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरे । बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म परेको सर्वाधिक ७.४ करोड भोटसहित आफू निर्वाचनमा विजयी भएको बताए । ‘म तपाईंहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु’, उनले भने, ‘म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने वाचा गर्छु’, उनले भने, ‘जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ ।’ अमेरिकामा डेमोक्रेटिक पार्टीले नीलो रङग र रिपब्लिकन पार्टीले रातो रङग प्रयोग गर्छन् । बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङगबाट सम्बोधन गरिने कुराको सङकेत गरेका हुन् । बाइडन बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए । अब के हुन्छ उनले निर्वाचनमा पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गरेको स्पष्ट हुन्छ । कुनै कानुनी अवरोध सिर्जना नभए उनले आगामी जनवरी महिनामा पदभार ग्रहण गर्नेछन् । उनीसँगै निर्वाचनमा सहभागी भएकी कमला ह्यारिस अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति बन्नेछिन् । कडा प्रतिस्पर्धा भएको पेन्सिल्भेनिया राज्यमा ट्रम्पलाई उछिनेपछि बाइडने निर्वाचन जितेको घोषणा गरिएको हो । अमेरिकामा विभिन्न राज्यलाई छुट्याइएको निश्चित इलेक्टरल भोटको आधारमा राष्ट्रपति निर्वाचित हुन् । सबै ५० राज्यमा निहित कुल ५३८ इलेक्टरल मतमध्ये राष्ट्रपति निर्वाचित हुन २७० मत आवश्यक पर्छ । डोनल्ड ट्रम्पको पक्षमा सञ्चालित निर्वाचन अभियानले अझै आशा नमारेको सीबीएस न्यूजमा प्रकाशित विवरणमा उल्लेख छ । ट्रम्प र उनका पक्षधरहरूले निर्वाचनमा अनियमितता र धाँधली भएको आरोप लगाउने गरेका छन् । तर उनीहरूले त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण देखाएका छैनन् । ट्रम्प अभियानका एक वरिष्ठ अधिकारीले यसपालि लामो चुनावी सङघर्ष हुने आफूहरूलाई पहिला नै थाहा भएको सीबीएसलाई बताएका छन् । उनका अनुसार ‘अगाडि बाटो भएसम्म थप चार वर्षका लागि आशा’ हुन्छ । ट्रम्पले महत्वपूर्ण राज्यहरूमा प्रस्तुत गरेको कानुनी चुनौती सफल होला त ? यो प्रश्नमा उनको भनाइ छ, ‘जे पनि हुनसक्छ ।’ उनका अनुसार आफ्नो अभियानमा भएका कसैलाई पनि सञ्चारमाध्यमले बाइडनको पक्षमा परिणाम प्रक्षेपण गरेकोमा आश्चर्य लागेको छैन । आफूहरू सङघर्ष गर्न तयार तयार भएको र ‘भोटर फ्रड’ हटलाइनबाट काम थालिसकेको उनीहरूको भनाइ छ । बीबीसीको सहयोगमा