Dashain Banner
Dashain Banner

ऐरावत टोल सुधार समितिका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

बिहीबार, माघ १, २०८२

ललितपुर । ललितपुर महानगरपालिका २३ नं. वडामा रहेको ऐरावत टोल सुधारस समितिका नव निर्वाचित पदाधिकारीले हालै पद तथा गोपनियताको शपथ लिएका छन् । समितिको २३ औं साधारण सभाले अर्जुन चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको थियो । समितिको उपाध्यक्षमा ओमप्रकाश शर्मा आचार्य चयन भएका छन् भने महिला उपाध्यक्षमा गङगाधरा पौडेल, सचिवमा राजेन्द्रकुमार थापा, सहसचिवमा सुमित्रा खड्का, कोषाध्यक्षमा पुरन मल्ल ठकुरी तथा सदस्यहरूमा देवी प्रसाद गौतम, रमेश यादव, दुर्वासा चौलागाईं, माया लोहनी, सष्मा दुलाल, टिना देवकोटा, छत्रप्रसाद तिमल्सिना, मोहम्मद रहमतुल्लाह रहमानी तथा अन्ज् श्रेष्ठ चयन भएका छन् । समितिको २३ औं साधारण सभा पुस १९ गते आयोजना गरिएको थियो । लपुमनपा २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले उद्घाटन गरेको उक्त साधारणसभामा वडा सदस्य राजन मल्ल ठकुरीले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभाले अध्यक्ष अर्जुन चौलागाईले पेश गरेको समितिको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष पुरनमल्ल ठकुरीले पेश गरेको लेखा परीक्षण प्रतिवेदन पारित गरेको थियो ।  

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार