व्यावसाय नविकरणका लागि बाँकी बक्यौता रकम ३ दिन भित्र बुझाए ५० प्रतिशत छुट 

सोमबार, पुस २८, २०८२

पुल्चोक (ललितपुर) । ललितपुर महानगरपालिकाले महानगर भित्र दर्ता भइ नविकरण हुन बाँकी उद्योग व्यावसायहरूले बुझाउनु पर्ने कर र जरिवाना रकम यही पुस ३० गते भित्र बुझाए भारी मात्रामा छुट पाइने भन्दै व्यावासयीलाई सूचित गरेको छ । तोकिएको समयावधिभित्र बक्यौता चुक्त नगरे बक्यौता रकममा थप १५ प्रतिशत जरिवाना लाग्ने पनि महानगरपालिकाले जनाएको छ ।  ‘आ.व. २०७४/०७५ सम्म यस महानगरपालिकामा दर्ता भई नविकरण हुन बाँकी उद्योग व्यावसायहरूको हकमा चालु आ.व. २०८२/०८३ को पौष मसान्तभित्र सम्पूर्ण वक्यौता रकम चुक्त गरे आ.व.२०७४/०७५ सम्मको कर र जरिवानामा ५० प्रतिशत छुट हुने र आ.व. २०७५/०७६ देखि लाग्ने कर र जरिवानामा आ.व. २०८१/०८२ सम्मको बक्यौतामा २५ प्रतिशत छुट छिइने’ महानगरपालिकाको सूचनामा उल्लेख छ । ‘तोकिएको समयभित्र उक्त सुविधा नलिएमा यस उपदफा बमोजिमको छुट उपलब्ध हुने छैन, साथै बक्यौता रकममा  १५ प्रतिशत जरिवाना समे लाग्नेछ’ महानगरपालिकाको राजश्व महाशाखले भनेको छ ।  ललितपुर महानगरपालिकाले नगरवासी तथा व्यावसायीहरूबाट सम्पत्ति कर, भूमिकर (मालपोत), व्यवसाय र कर/नविकरण, घर/जग्गा बहाल घर, विज्ञापन कर, जडिबुटि, वडाडी र जीवजन्तु कर र मनोरञ्जन कर लिँदै आएको छ । महानगरपालिको सम्पत्ति कर, भूमिकर(मालपोत) कर चालु आ.व.को असोज मसान्त भित्र बुझाउने नगरवासीलाई १० प्रतिशत छुट दिएको थियो ।  व्यावसाय नविकरण गर्दा महानगरपालिकाबाट निर्धारण गरेको व्यवसाय करको चा.लु आ.व. को दर रेटमा २५ प्रतिशत छुट पाइने, वडाबाट कुनै सिफारिस दिँदा सम्पत्ति कर तिरेको प्रमाण पेश भए सिफारिश दस्तुरमा १५ प्रतिशत छुट, एकल महिला दलित, अपाङगता भएका व्यक्ति वा समूह/महिला समूहद्धारा सञ्चालितव व्यवसाय दर्तामा ५० प्रतिशत कर छुट, विश्व सम्पदा क्षेत्र भित्र भवन संहिता नियम पालन गरी निर्माण भएका भवनहरूको निर्माण सम्पन्न पश्चात सम्बन्धित वडा कार्यालय र शाखा/महाशाखाको सिफारिशमा सम्पत्ति करण छुट हुने पनि महानगरपालिकाले जनाएको छ । यस्तै निजी क्षेत्रबाट सार्वजनिक सुविधाका लागि पार्किङ व्यवस्थापन/सञ्चालन गर्न प्रस्ताव आएमा नक्सा पासमा सहजीकरण गरी सार्वजनिक पार्किङ संरचनाको नक्सा पास दस्तुरमा सम्बन्धित वडा कार्यालय, महाशाखाको सिफारिशमा कार्यपालिकाको निर्णयानुसार छुट प्रदान गरिने तथा जग्गाधनीसँग सम्झौता गरी नर्सरी, तरकारी, फलफूल खेती गर्ने कृषकलाई सम्बन्धित वडा कार्यालय र शाखा/महाशाखाको सिफारिशमा महानगरपालिकाबाट लिइने जग्गा बहाल करमा शत प्रतिशत छुट दिइने पनि महानगरपालिकाले जनाएको छ ।  यस्तै महानगरपालिकामा आ.व.२०८०/०८१ सम्मको बुझाउनुपर्ने सम्पत्ति कर, भूमिकर (मालपोत), घर जग्गा बहाल कर र विज्ञापन करको सम्पूर्ण बाँकी बक्यौता रकममा १५ प्रतिशत जरिवाना चालु आ.व. २०८२/०८३ को साउन १ गते देखि नै लाग्ने र आ.व.२०८१/०८२ को बाँकी बक्यौतामा रकम आ.व. २०८२/०८३ को असोज मसान्त भित्र बुझाएमा जरिवाना लाग्ने छैन । तत्पश्चात उक्त २०८१/०८२ को बाँकी बक्यौतामा समेत १५ प्रतिशत जरिवानासहित कर असुल गरिने महानगरपालिका राजश्व महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार