स्वास्थ्य सेवामा नगरवासीलाई सुविधा दिन बीएण्डबी अस्पतालसँग गोदावरीको सहकार्य 

नगर प्रमुख भन्छन्, ‘स्वास्थ्य क्षेत्रमा गोदावरीको यो माइलस्टोन हो’ 
बिहीबार, पुस २४, २०८२

बज्रबाराही (ललितपुर) । नगरबासीलाई स्वास्थ्य सेवामा सुविधा दिन गोदावरी नगरपालिकाले बीएण्डबी अस्पतालसँग सहकार्य गर्ने भएको छ । सहकार्यका लागि दिन बीएण्डबी अस्पताल र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रकाश कुमार भट्टराईले हस्ताक्षर गरे । सम्झौतापत्रमा हस्ताक्षरपछि नगर प्रमुख गजेन्द्र महर्जनले स्वास्थ्य सेवामा नागरिकको पहुँच र सहुलियत विस्तार गर्न नगरपालिकाले गरेको यो महत्वपूर्ण काम भएको बताए । 1-1767885425.jpg
उनले भने, ‘समृद्ध र समुन्नत नगर पूर्वाधार निर्माणले मात्रै बन्दैन, नागरिक स्वस्थ हुनुपर्छ, त्यसैले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका हौं ।’ गोदावरी नगरपालिकाले नीति निर्माण र बजेट विनियोजन गर्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।  यस सम्झौता अनुसार गोदावरी नगरपालिकाका बासिन्दाले अस्पतालको उपचार सेवामा विशेष सहुलियत प्राप्त गर्न सक्नेछन् । अस्पताल सेवाअन्तर्गत कुल बिलमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । 2-1767885426.jpg
सम्झौता पत्रमा उल्लेख भए अनुसार अधिकतम १५ लाख सम्म छुट हुनेछ । यसैगरी फार्मेसीको कुल बिलमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधा नगरपालिकामा कार्यरत कर्मचारीले पनि प्राप्त गर्नेछन् । नगरपालिका अनुसार यो सुविधा प्राप्त गर्नका लागि वडा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । सम्झौता अनुसारको सहुलित प्राप्त गर्न नगरबासीलाई वडा कार्यालयहरुले कार्ड उपलब्ध गराउनेछन् । उक्त कार्डको आधारमा उपचार र औषधिमा छुट प्राप्त हुनेछ । गोदावरी नगरपालिकाले बीएण्डबी अस्पतालसँग गरेको यो सहकार्यलाई स्वास्थ्य क्षेत्रमा अर्को माइलस्टोन भएको नगरपालिकाले दाबी गरेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार