एसईई उत्र्तिण विद्यार्थीलाई ललितपुर महानगर १४ नं. वडाको सम्मान (भिडियो)

बिहीबार, पुस २४, २०८२

तिखिदेवल (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालयले २०८२ सालको एसईई परीक्षा उत्र्तिण विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । महानगर १४ नं. वडा अन्तर्गतको बाल अधिकार समितले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि एवम् वडाअध्यक्ष अमृत जंग महतले एसईई उत्र्तिण विद्यार्थीलाई सम्मान गरेका थिए । वडा कार्यालयले वडा भित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई उत्र्तिण ८० जना विद्यार्थीलाई सम्मान गरेको समितिका संयोजक संगीता अछामीले जानकारी दिइन् ।  बाल अधिकार समितिका संयोजक एवम् वडासदस्य संगीता अछामीको सभापतित्वमा आयोजित कार्यक्रममा वडा सदस्य सनत कार्की, वडा सचिव एवम् बाल अधिकार  समितिका सदस्य सुलोचना लुईटेल,  वडा कार्यालयका नासु सूर्यप्रसाद पौडेलसहित बालअधिकार समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बाल अधिकार समितिका  संयोजक संगीता अछामीले एसईई उत्र्तिण विद्यार्थीलाई खादा, वडाअध्यक्ष महतले सम्मान पत्र तथा वडासदस्य कार्कीले मेडल लगाइदिएका थिए ।  

IMG_9841-1767874018.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार