वडावासीलाई उपचारमा छुट दिलाउन अल्का अस्पतालसँग लपुमनपा–२८ द्धारा सम्झौता 

बुधबार, पुस २३, २०८२

हरिसिद्धि (ललितपुर) । ललितपुर महानगरपालिका २८ नं. वडाले वडावासीलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन ललितपुर जाउलाखेलमा रहेको अल्का अस्पतालसँग छुट सम्बन्धी सम्झौता गरेको छ । ‘हरिसिध्दि बासीहरूको सुलभ तथा छुटसहितको स्वास्थ्य सेवा ब्यबस्थाका लागि लागि ललितपुर महानगरपालिका २८ न वडा  र अल्का अस्पतालबीच सम्झौता भएको छ’ वडा कार्यालयले सम्झौताबारे जानकारी दिँदै भनेको छ । अल्का अस्पतालमा उपचार गराउने वडावासीलाई वडा कार्यालयले उपलब्ध गराउन छुट कार्डका आधारमा अधिकतम २० प्रशितशतसम्म छुट उपलव्ध हुने वडाअध्यक्ष वीरेन्द्र महर्जनले शब्दपाटीलाई जानकारी दिए ।  वडाबासी तथा बिरामीहरुलाई छुट कार्डको आवश्यकता परेमा वडा कार्यालयमा सम्पर्क गर्नका लागि वडाअध्यक्ष महर्जनले आह्वान गरेका छन् ।  वडा कार्यालयले यसअघि ललितपुरकै बीएण्डबी अस्पतालसँग पनि यस्तै छुट सम्बन्धी सम्झौता गरेको छ । बीएण्डबी अस्पतालमा उपचार गराउने वडावासीले २५ प्रतिशतसम्म छुट पाउने छन् । छुट सुविधा लिन वडाको स्थायी बासिन्दा भने हुनेपर्नेछ । ‘वडा कार्यालयले हरिसिद्धिमै रहेको नेपाल क्यान्सर अस्पतालसँग पनि विशेष छुट सम्झौता गरेको छ । अब छिट्टै मेडिसिटी अस्पतालसँग पनि यस्तै छुट सम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको छ’ वडाअध्यक्ष महर्जनले भने । 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार