सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा भित्रको विवाद प्रदेश तहमा विस्तारै सर्दै गएो छ । मंगलबार वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेललाई संसदीय दलको नेता हटाएर नेत्री अष्टलक्ष्मी शाक्यलाई नयाँ संसदीय दलको नेता बनाएको प्रचण्ड–माधव समूहले बुधबार प्रदेश १ पनि संसदीय दलको नेता चयन गरेको छ । नेकपा प्रचण्ड–माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा ३६ जना सांसद उपस्थित थिए ।