लपुमनपा–२३ का ज्येष्ठ नागरिकलाई निःशुल्क सुगर र प्रेसरको औषधि 

शनिबार, पुस १९, २०८२

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले आज शनिबार ६८ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई तीन महिना का लागि निःशुल्क रुपमा सुगर र प्रेसरको औषधि वितरण गरेको छ । वडा कार्यालयले अघिल्लो आर्थिक वर्षदेखि वडाका स्थायी बसोबास गर्ने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा औषधि वितरण गर्दै आएको हो ।  वडा कार्यालयले डक्टरको प्रेस्क्रिप्सनसहित नाम टिपाएका वडावासीलाई औषधि वितरण गर्ने गर्दछ । औषधि वितरण कार्यको शुभारम्भ वडाअध्यक्ष जीवन महर्जनले सुरु गरे । औषधि वितरण कार्यमा वडासदस्य मधु श्रेष्ठ सिंह ठकुरी तथा किरण खड्का उपस्थित थिए । फमासिष्टको सहयोगमा औषधि वितरण गरिएको हो ।
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार