सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । गोदावरी नगरपालिकाको वडा नम्बर १२ ठेचो बालमैत्री वडा भएको छ । एक कार्यक्रम आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । बालमैत्री वडा घोषणा गर्न बालमैत्री स्थानीय शासन का ५१ सूचकहरु पुरा गर्नु पर्छ । १२ नंं. वडाका वडाअध्यक्ष जगतबहादुर महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्दै वडालाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरे । यसअघि वडालाई बालविवाह मुक्त तथा निकृष्ट प्रकृतिका बालश्रम मुक्त क्षेत्र घोषणा गरिएको थियो । कार्यक्रममा मुलुकी देवानी संहिता, २०७४ अनुसार २० वर्षभन्दा कम उमेरमा विवाह नभएको प्रमाणित भएपछि वडालाई बालविवाह मुक्त घोषणा गरिएको जानकारी दिइयो। त्यस्तै, बालश्रम निषेध र नियमित गर्ने ऐन, २०५६ अनुरूप गरिएको सर्वेक्षण, उद्धार तथा पुनर्स्थापनापछि वडामा निकृष्ट प्रकृतिका बालश्रमिक नरहेको पुष्टि गरिएको छ ।