चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो, सवारी सञ्चालन सुचारु

बुधबार, पुस १६, २०८२

रौतहट । गत २४ घण्टादेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड मंगलबार बिहान पुनः खुल्यो । भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी–१७ एटी–२११४ नम्बरको एलपी ग्यास ट्यांकर दुर्घटना भएपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका निरीक्षक राजेन्द्र थापा मगरका अनुसार, प्राविधिक टोलीले पल्टिएको बुलेट वारुणयन्त्र र क्रेनको सहयोगमा सुरक्षित रूपमा ट्यांकर हटाएपछि सवारी आवागमन सुचारु गरिएको हो । करिब दुई घण्टासम्म सुरक्षा मापदण्ड पुरा गर्दै सडक सफा गरिएको थियो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले भनेको छ कि सडक पूर्ण रूपमा सुरक्षित भएपछि मात्रै सवारी साधन सञ्चालन अनुमति दिइएको थियो। लामो समयको जामपछि अहिले सवारी साधनहरू क्रमशः गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार