सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारलाई चुनावी प्रचार प्रसारका लागि १५ दिनको समय तोकेको छ । आयोगले जारी गरेको आचार संहितामा मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचार प्रसारको समय तोकेको छ । मतदानभन्दा ४८ घण्टा पूर्वसम्म मौन अवधि रहने भएकाले त्यस अवधिमा प्रचार प्रसारमा पूर्ण रोक लगाइएको हुन्छ । मौन अवधिलाई घटाउँदा दल र उम्मेदवारले प्रचार प्रसारको समय १५ दिन पाएका छन् । प्रचार प्रसारका लागि पाएको १५ दिनको अवधिमा मात्र जुलुस, आमसभा वा कोणसभा गर्न पाइने छ । उम्मेदवारको अन्तिम मतदाता नामावली ९ माघमै प्रकाशित हुँदैछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसके पनि आचारसंहिता अनुसार प्रचार प्रसार प्रारम्भ गर्नका लागि उनीहरुले तीन साता जति कुर्नुपर्ने हुन्छ । फागुन ३ गतेबाट मात्र उम्मेदवारले सभा, जुलुस, सञ्चार माध्यमबाट प्रचार प्रसार, चुनावी सामग्री प्रकाशन वा प्रसारण तथा घरदैलो कार्यक्रम गर्न पाउने छन् ।