प्रतिनिधि सभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारले २७ लाखसम्म खर्च गर्न पाउने 

सोमबार, पुस १४, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगको सोमबार बसेको बैठकले प्रत्यक्षतर्फको उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको हो । ७७ जिल्लाका १६५ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र अनुसार फरक–फरक खर्चको सीमा निर्धारण गरिएको हो । आयोगका अनुसार कम्तीमा २५ लाखदेखि बढीमा २७ लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएको हो । आयोगका अनुसार बढीमा २५ लाखसम्म रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौँ १, काठमाडौँ ३, काठमाडौँ ६, काठमाडौँ ७ र काठमाडौँ ८ रहेका छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले खर्च गर्न सक्ने सिमा पनि तोकिएको छ । जसमा सम्बन्धित राजनीतिक दलले पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्इा अनुसार प्रति उम्मेदवार २ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । निर्वाचन खर्चमा मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवम विद्युतीय माध्यम सामाजिक सञ्जालसमेत, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन् ।

1-1767006025.jpg
2-1767005976.jpg
1-1767006025.jpg
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार