सोसल मिडिया
Contact Us
युनिकोड
तिखिदेवल (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालयअन्तर्गतको वडास्तरीय महिला सञ्जालको आयोजनामा महिलाहरूका लागि कृष्टलको माला र दुवोको माला बनाउने (एडभान्स) तालिम सम्पन्न भएको छ । वडा नं. १४ को आ.व. २०८२–०८३ को कार्यक्रम अन्तर्गतको बजेटबाट उक्त तालिम कार्यक्रम आयोजना गरिएको हो । गत पुस ६ आइतबारदेखि आज ११ गते शुक्रबारसम्म चलेको तालिमका प्रशिक्षार्थीले तयार पारेको कृष्टलको माला उपहारस्वरुप कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष अमृत जंग महत, वडासचिव सुलोचना लुइँटेल, प्रशिक्षकलाई प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष महतले महिला समूहहरूले उत्पादन गरेका सामग्री बिक्रीका लागि वडाले हप्ताको एक दिन शुक्रबार वा शनिबार सन्ध्यकालीन बजार सुरु गर्ने बताउँदै उत्पादनमा गुणस्तर कायम गर्न सुझाव दिए । महिला सञ्जालकी सचिव विमला शर्माले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व सञ्जाल संयोजक एवम् वडा सदस्य सहनशीला कार्कीले गरेकी थिइन् ।