सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिका स्थानीय राजश्व परामर्श समितिले महानगरको राजश्व महाशाखा तथा वडा कार्यालयमा राजश्व हेर्ने कर्मचारीका लागि एक दिने स्किल डेभेलपमेन्ट कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित उक्त एक दिने कार्यशालाको महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्घाटन गरिन् । नेपाल सरकारका पूर्वसचिव एवम् स्थानीय सरकार, शासन प्रणाली तथा कर विज्ञ गोपी खनालले स्थानीय सरकारका कर प्रणाली तथा कर चुहावटका विषयमा प्रशिक्षण दिएको उक्त कार्यक्रममा भोजन र भान्छा विषयमा लीला श्रेष्ठले डेमोसहित प्रस्तुति दिएकी थिइन् । महानगर राजश्व महाशाखा प्रमुख सहजित राईले प्रमुख अतिथि, प्रशिक्षकसहित सहभागीलाई स्वागत गरेको कार्यक्रम महाशाखाकी जानुका श्रेष्ठले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा महाशाखाका तिलककुमार थापा, गौरव पोखरेल, महाशाखा कर्मचारीसहित महानगरका २९ वटै वडामा राजश्व हेर्ने कर्मचारीको सहभागिता रहेको थियो । यसअघि कार्यक्रम उद्घाटन गर्दै महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरका राजश्वमा कार्यरत कर्मचारी प्रशासनकै कारण महानगरले गत आर्थिक वर्षमा १७ करोड राजश्व वृद्धि गरेको तथ्याङक प्रस्तुत गर्दै महानगरले अझै पनि सबै नगरवासीलाई करको दायरामा ल्याउन नसकेको बताइन् । करका विषयमा जानकारी दिन महानगरले घर दैलो कार्यक्रम गर्ने योजना बनाएको उनले बताइन् । कार्यक्रममा पूर्वसचिव गोपी खनालले कर लिने कार्यले आर्थिक क्रियाकलाप बढाउने बताउँदै करको दरमा परिवर्तन नगरी दायरा फराकिलो पार्नेतर्फ ध्यान दिन महानगरलाई सुझाव दिए । कर अनिवार्य भुक्तानी प्रणाली भएपनि जनताको प्रतिनिधित्व विना कर लगाउन नपाइने उनले बताए । कार्यक्रमान प्रशिक्षक लीला श्रेष्ठले भोजन र भान्छाका विषयमा प्रस्तुति दिँदै रिजनश, सिजनल, ओरिजिनल र नेचरल प्रकृतिका खानपान गर्ने हो भने शरीर रोग नलाग्ने दाबी गरिन् ।