सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा एपिएफ क्लबलाई ३–० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो । गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिलाले गोल गरेकी हुन् । पेनाल्टी बक्सबाट उनले अघि बढाउँदै गरेको प्रहार गीतालाई लाग्दै गोलमा परिणत भएको थियो । इस्ट बंगालले ३५ औं मिनेटमा अन्तर दोब्बर गर्यो । शिल्कीदेवीले गोल गरेकी हुन्। सरिता युमनामको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्कीले हेड मार्फत गोल गरिन् । एपिएफले खासै गतिलो आक्रमण गर्न सकेन । इन्जुरी समयमा अनिता बस्नेतको क्रममा मिना देउवाको हेडर पोष्ट नजिकबाट बाहिर गयो । दोस्रो हाफको सुरुमा नै फजिलाले अर्को गोल गरिन् । गोलकिपर अन्जनाले रोकेर पनि पूर्ण नियन्त्रणमा लिन नसक्दा गोल भएको हो । खेलको अन्त्यतिर एपिएफले गोलका लागि पटक पटक प्रयास गरे पनि सफल भएन। एक खेल नखाई इस्ट बंगाल च्याम्पियन भएको थियो। एपिएफले फाइनल अघिका खेलमा गोल खाएको थिएन । दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रका लिग च्याम्पियनको सहभागिता थियो। फाइनल खल्नेबाहेक जसमा पाकिस्तानको कराँची सिटी एफसी, बंगलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड थिए। सिंगल राउन्ड रोबिनपछि शीर्ष दुई टोलीले फाइनल खेलेका हुन्।