Dashain Banner
Dashain Banner

प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै

बुधबार, पुस २, २०८२

काठमाडौं । सांस्कृतिक संस्थानको जर्नल ‘संस्कृति अध्ययन’ वर्ष २, अङ्क २ को तयारी सुरु भएको छ । जर्नलको वर्ष २, अङ्ग २, २०८३ को लागि सम्पादन तर्फको जिम्मेवारी संस्कृतिविद् द्वय भोगीराज चाम्लिङ र गुरुङ सुशान्तलाई प्रदान गरिएको छ । विज्ञ समिक्षित सहितको उक्त जर्नलमा नेपालको प्रदर्शनीयुक्त मौलिक लोकसंस्कृतिलाई केन्द्रविन्दूमा राखेर विभिन्न विद्वानहरूका शोधलेख समेटिने छ । नेपालको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुकूल जर्नल त्रिभाषिक हुनेछ । जहाँ नेपालको सम्पर्क भाषा खस–नेपाली, नेपाली मातृभाषाहरू र अन्तर्राष्ट्रिय सम्पर्क भाषा अङ्ग्रेजीमा लेखिएका शोध सामग्री समावेश गरिनेछ । सात प्रदेशको प्रतिनिधित्व हुने गरी बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकताको सन्देश प्रवाह हुने गरी प्रदर्शनीयुक्त कलालाई प्राथमिकता दिई लेख समावेश गरिनेछ । सांस्कृतिक संस्थानले ‘५३ औं वार्षिकोत्सव समारोह, २०८२’ मार्फत सजीव कला संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा दस्तावेजीकरणका लागि (आइएसएसएन) मान्यता प्राप्त वर्ष १, अङ्क १, असार २०८२, ‘संस्कृति अध्ययन’ नामक प्रदर्शनीयुक्त कला विषयक अनुसन्धनात्मक वार्षिक जर्नल पहिलोपटक प्रकाशनमा ल्याएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार